काठमाडौं । पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा पोखराले १३८ रन बनाएर १३९ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो । पोखराका लागि रिफरले ४१ रन, दिनेश खरेलले ३८ रन र दिलिप नाथले २७ रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डुका लागि करण केसी र रासिद खानले ३–३ विकेट लिए । इरासमस र लेभिटले पनि खेलमा १–१ विकेट लिए ।