काठमाडौं । विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।
एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन जोडे। तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए। कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले १÷१ विकेट लिए। चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ।