काठमाडौं । जनकपुर बोल्टससँग काठमान्डु गुर्खाज पराजित भएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा काठमान्डु गुर्खाज ५ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमै ५ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि जेम्स निसामले २७ रन, हर्ष थाकरले २५ रन, मोहम्मद मोसिनले १३ र अनिल कुमार शाहले ११ रन लिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डुका लागि करण केसीले २ विकेट, दिपेश कँणेल, इरासमस र साहब आलमले १–१ विकेट लिएका थिए ।