काठमान्डुले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य

काठमान्डुले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमान्डुले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य

    काठमाडौं । काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । एनपीएल अन्तर्गत आज भएको खेलमा काठमान्डुले १०३ रन बनाएर लुम्बिनीलाई १०४ रनको लक्ष्य दिएको हो ।

    टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट बनाएर १०३ रन मात्र बनाउन सक्यो । काठमान्डुका लागि भिम सार्कीले ३१, ड्यान डाउटवेथले २१ रन र प्रतिक श्रेष्ठले २० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

    लुम्बिनीका तर्फबाट साद बिन जफरले ३ विकेट, र्यामन सिमण्ड्स, र अविशेष गौतमले २–२ विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले १–१ विकेट लिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij