काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् ।
ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो । कार्यालयका अनुसार यसबारे अनुसन्धान गर्दै जाँदा अनुप र रविन चोरीमा संलग्न भएको र राजनले उनीहरूलाई सेल्टर दिएको खुलासा भएको छ ।