काठमाडौं । काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदानमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो ।
यी दुवै टोली दोस्रो खेल जित्दै प्लेअफ सम्भावना कायमै राख्न चाहन्छन् । काठमान्डुले आफ्नौ चौथो तथा लुम्बनीले पाँचौँ खेल खेल्दैछ ।
काठमान्डुको कप्तानी करण केसीले तथा लुम्बिनीको रोहितकुमार पौडेलले गर्नेछन् ।