एनपीएलमा जनकपुरको पहिलो हार, अनिल–आसिफ चल्न नसक्दा ५१ रनमै समेटियो

एनपीएलमा जनकपुरको पहिलो हार, अनिल–आसिफ चल्न नसक्दा ५१ रनमै समेटियो

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • एनपीएलमा जनकपुरको पहिलो हार, अनिल–आसिफ चल्न नसक्दा ५१ रनमै समेटियो

    काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्टसले पहिलो हार बेहोरेको छ । आज भएको सुदूरपश्चिम रोयल्ससँगको खेलमा जनकपुरले ७२ रनको फराकिलो अन्तरले पराजित भएको हो । 

    जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । जितका लागि १२४ रनको लक्ष्य पाएको जनकपुरले १२.१ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो । 

    जनकपुरका ब्याटरहरु अनिल शाह शून्य र आशिफ शेख ४ रनमा नै आउट भएपछि जनकपुरले अपेक्षित गति लिन सकेन । जोशुवा ट्रोम्पले खेलमा सर्वाधिक १३ रन लिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

    सुदूरपश्चिमका लागि हरमित सिंह, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २–२ विकेट लिए । शेफ जैब र नरेन साउद र स्कटले जनकपुरको १–१ विकेट लिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij