काठमाडौं । कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । एनपीएल अन्तर्गत आज भएको खेलमा १५ औं ओभरमा नै लक्ष्य भेटेर कर्णालीले फराकिलो जित हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णालीले १६.३ बलमै सबै विकेट गुमाएर १०३ रन बनाएको थियो । जितका लागि १०४ रनको लक्ष्य पाएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
कर्णालीका लागि गुल्सन झाले ४९, वाल्टनले ४२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
पोखराका लागि विपीन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।