पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य

पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । टी–यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।

    पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एक–एक विकेट लिए ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij