लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रन बनाएको हो । 

    खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् ।५७ बल खेलेका रोहितले पाँच छक्का र ६ चौका मद्दतमा ८० रन बनाएर आउट हुँदा जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएर आउट भए । ओपनर अर्जन साउदले १५ र टोम मूरेसले १० रन थपे ।

    चितवनका रिजन ढकालले ३, कुशल मल्ल र रञ्जित कुमारले १÷१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij