एनपीएल : आज चितवन राइनोजसँग लुम्बिनी लायन्स र कर्णाली याक्ससँग पोखरा एभेन्जर्स भिड्दै

एनपीएल : आज चितवन राइनोजसँग लुम्बिनी लायन्स र कर्णाली याक्ससँग पोखरा एभेन्जर्स भिड्दै

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • एनपीएल : आज चितवन राइनोजसँग लुम्बिनी लायन्स र कर्णाली याक्ससँग पोखरा एभेन्जर्स भिड्दै

    काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

    बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

    यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

    चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । यसर्थ आज उ लुम्बिनीलाई हराएर प्लेअफमा जाने सम्भावनालाई मजबुत बनाउन चाहन्छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन् ।

    यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ । उसले कुनै अंक जोड्न सकेको छैन । लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।

    यसर्थ आज लुम्बिनीले प्रतिष्ठाको लडाइँ लड्ने छ । यदि आजको खेल जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी रहनेछ । पराजित भएमा २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने छ ।

    अंक तालिका :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij