चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य, हसनको अर्धशतक

चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य, हसनको अर्धशतक

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य, हसनको अर्धशतक

    काठमाडौं । चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो । 

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन याेगदान गरे ।

    विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

    अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij