जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

    काठमाडौं । जनकपुरले एनपिएलको १४औं खेलमा लुम्बिनी लायन्सलाई एक सय १३७ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाउँदै एक सय ३६ रन बनायो ।

    ओपनर तथा कप्तन अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन् । लाहिरु मिलान्थाले  २४, शुभ कंसाकारले अविजित २२, मार्की आसिफ शेखले १६ रन बनाए । अतिरिक्त १५ रन पाएको थियो ।

    लुम्बिनीका अभिषेक गौतमले तीन तथा सादविन जफर र रोहित पौडेलले समान दुई विकेट हात पारे । सन्दीप जोराको नाममा एक विकेट रह्यो । लगातार तीन खेलमा पराजित लुम्बिनी पहिलो जितको खोजीमा छ । लगातार तीन खेल जितेको जनकपुर चौथो जितको खोजीमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij