काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार)को पहिलो खेलमा जनकपुर बोल्ड्सविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु भएको छ ।