कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । चार खेलमा कर्णालीले दोस्रो जित निकालेको हो।  

    कर्णाद्यी याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।  विराटनगरका लागि निकोसल किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए ।  त्यसपछि अकिब इल्यास ८ रन र नरेन भट्ट ७ रनमा आउट भए।

    बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले १÷१ विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो । कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए ।

    अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

    बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिएका थिए । योसँगै कर्णालीले ४ खेलमा २ खेलमा जित निकालेको छ । ४ खेल खेलेको विराटनगर एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ ।चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij