दुई युवतीको ज्यान लिने सवारी चालक जेल चलान

दुई युवतीको ज्यान लिने सवारी चालक जेल चलान

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • दुई युवतीको ज्यान लिने सवारी चालक जेल चलान

    पोखरा । कास्कीमा दुई युवतीको ज्यान लिने सवारी चालक जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीले सवारी ज्यानसम्बन्धी मुद्धामा एक सवारी चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

    न्यायाधीश ऋषिराम आचार्यको इजलासले कार दुर्घटनाका चालक मानबहादुर बानियालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत मंसिर २४ गते पोखराको लेखनाथमा सवारी दुर्घटनमा दुई युवतीको ज्यान गएको थियो ।

    बानियाले चलाएको कारको ठक्करबाट गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको अनिशा र भवना सवार ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij