बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

    काठमाडौं । चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चितवनले १३० रन बनाएर १३१ रनको लक्ष्य दिएको हो । 

    टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको छ । चितवनका लागि रवि बोपाराले अर्धशतको योगदान दिए । उनले ४० बलमा ५९ रन बनाए । अन्य खेलाडीहरु कुशल मल्लले २३ रन, विपीन रावलले ११ रन बनाउँदा अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् । 

    टस जितेर फिल्डिङ रोजेको कर्णालीका खेलाडी विपीन शर्माले चितवनको ३ विकेट लिएका थिए । त्यस्तै, जिसानत मक्सुदले २ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले चितवनको १–१ विकेट लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij