एनपीएलमा आज जनकपुरसँग पोखरा र काठमाडौंसँग सुदूरपश्चिम भिड्दै

एनपीएलमा आज जनकपुरसँग पोखरा र काठमाडौंसँग सुदूरपश्चिम भिड्दै

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • एनपीएलमा आज जनकपुरसँग पोखरा र काठमाडौंसँग सुदूरपश्चिम भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुई खेल हुँदैछन् । 

    आठौं खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । 

    दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा रहँदा जनकपुर अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनको फराकिलो अन्तरको हार व्यहोरेको कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलको खोजीमा छ । 

    अक्सनमा खुलेर खर्च गरेको पोखराले सागर ढकाल, आकाश चन्द, दिलिप नाथ लगायतका स्तरिय खेलाडी अनुबन्ध गरेपनि सुखद सुरुवात गर्न सकेन । ब्याटिङ लाइनअपमा उत्कृष्ट खेलाडी भएपनि पहिलो खेलमा कुनै पनि खेलाडी चल्न नसक्दा पोखरालाई तल्लोक्रमका नारायण जोशी र मार्कस क्रिट्लेले पाली सम्हाल्ने कोशिस गरे पनि जितका लागि पर्याप्त भएन । 

    जनकपुर यो लिगकै बलियो टोलीका रुपमा देखा परेको छ । पहिलो खेलमा विराटनगरलाई दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८–८ विकेटले हराएको जनकपुर लगातार तेस्रो जितको खोजीमा छ । राष्ट्रिय टोलीकै सफल पूर्व प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र अनिल साहको कप्तानीमा रहेको जनकपुरमा आसिफ शेख, ललित राजवंशी र किशोर महतो जस्ता खेलाडी छन् ।

    आजै हुने अर्को खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन् । यी दुई बीचको खेल दिउँसो १ बजे हुनेछ ।   

    पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा स्टारले भरिएको कर्णालीलाई ३ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो । 

    काठमाडौं यहि लय कायम राख्न चाहन्छ । तर स्थानीय खेलाडीले भरिएको सुदुरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ । विराटनगरलाई हराउँदै शान्दार सुरुवात गरेको सुदुरपश्चिममा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij