काठमाडौं । विराटनगर किङ्गसले पहिलो जित हात पारेको छ । एनपीएल अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्गसले २ विकेटले जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रनको योग बनाएको थियो । जितका लागि १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
विराटनगरका लागि लोकेश बामले अर्धशतक पुरा गरेका थिए । उनले ४७ बलमा ७१ रनको योगदान दिए । त्यस्तै, बसिर अहमदले ४० रन, गुप्तिलले २८ रन र क्रिस सोलले १४ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।