एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ ।

    यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाडाैं गुर्खाजलाई हराएको थियो ।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडाैं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij