काठमाडौं । एनपीएलमा जनकपुर बोल्टसले दोस्रो जित हात पारेको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा ८ विकेटले कर्णाली याक्सलाई पछि पार्दै दोस्रो जित हाँसिल गरेको हो । यसअघि शनिबार भएको खेलमा विराटनगरलाई हराउँदै जनकपुरले पहिलो जित हात पारेको थियो ।
आज टस हारेर पहिले ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । जितका लागि १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
जनकपुरका लागि ओपनर अनिल शाहले ६२ रन बनाए । त्यस्तै, अर्का ओपनर आशिफ शेखले ३६ रनको योगदान दिए । अन्य खेलाडीहरु मिलान्थाले २४ रन र जेँस निशामले १६ रन बनाए ।