५ विकेट लिएका तानबिर ‘प्लेयर अफ द म्याच’ घोषित

५ विकेट लिएका तानबिर ‘प्लेयर अफ द म्याच’ घोषित

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • ५ विकेट लिएका तानबिर ‘प्लेयर अफ द म्याच’ घोषित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर सोहेल तानबिर ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

    उनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका थिए । यससँगै उनले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो ।

    काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij