डिजिटल राइट्स फेस्टिवलझको दोस्रो दिन : इन्टरनेट गभर्नेन्स र इको सिस्टमबारे छलफल सुरु

डिजिटल राइट्स फेस्टिवलझको दोस्रो दिन : इन्टरनेट गभर्नेन्स र इको सिस्टमबारे छलफल सुरु

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • डिजिटल राइट्स फेस्टिवलझको दोस्रो दिन : इन्टरनेट गभर्नेन्स र इको सिस्टमबारे छलफल सुरु

    काठमाडौं। काठमाडौँमा जारी ; डिजिटल राइट्स फेस्टिवल अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र  ईको सिस्टमबारेको छलफलफाट सुरु भएको छ। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमाञडिजिटल राइट्स फेस्टिवल सुरु भएको थियो।

    डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवल अन्तर्गत आज सोमबार ईन्टरनेट गभर्नेन्स अन्तर्गत इन्टरनेटको इको सिस्टमबारे चर्चा भैरहेको छ।

    ईन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा डिजिटल राइट्स फेस्टिवलम अवधारणाहरु आइरहेका छन। कार्यक्रममा इन्टरनेट गभर्नेन्सको नियमन तथा नेपालको अवधारणाबारे युथ आईजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले धारणा राखेका छन।

    उनले ईन्टरनेटलाई कसरी सुरक्षित गर्ने, कसको मातहतमा रहने,  प्रयोगको पहुँच, नियमन, लगायतका विषयलाई ईन्टरनेट गभर्नेन्समा हेरिनु पर्ने बताए। कार्यक्रममा ईन्टरनेट सोसाइटी नेपालका अध्यक्ष आशिर्वाद त्रीपाठीले इन्टरनेटको विश्वमा भैरहेको प्रयोग र नेपालको अवस्थाका बारेमा धारणा राखेका छन।

    कार्यक्रममा ईन्टरनेटको पहुँच नहुनेहरुको हकमा कसरी विस्तार गर्ने, डाटाको तथ्यांकलाई कसरी सुरक्षित राख्ने, प्रयोग कर्ताले कसरी आफ्नो डेटालाई सुरक्षित राख्ने लगायतमा विषयमा कार्यक्रममा बहस जारी छ।

    फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने छ।

    फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी भएका छन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij