काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।
३९ वर्षे भेट्रान बलर सोहेल तानभीरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । यसैगरी चितवनका लागि रिजन ढकाल, लुक बेनकेन्स्टेन, अमर रौतेला र कुशल मल्लले एक–एक विकेट लिए ।
काठमान्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।