एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो नेपाल

एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो नेपाल

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो नेपाल

    काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू-१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।

    नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।

    नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।

    बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ । अफगानिस्तान पनि बाहिरिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij