ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

    काठमाडौं ।  पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

    नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने  बाबर अलीले ३२ रन बनाए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

    पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो । अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij