एनपीएल हेर्न काठमाडौं आउने चितवनका समर्थकलाई निःशुल्क बस र खाजा

एनपीएल हेर्न काठमाडौं आउने चितवनका समर्थकलाई निःशुल्क बस र खाजा

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • एनपीएल हेर्न काठमाडौं आउने चितवनका समर्थकलाई निःशुल्क बस र खाजा

    काठमाडौं । चितवन राइनोजले काठमाडौंमा एनपीएल हेर्न आउने जिल्लाका क्रिकेट समर्थकका लागि निः शुल्क बस र खाजाको व्यवस्था गरेको जनाएको छ ।

    बुधबार आफ्नो सामाजिक संजालमार्फत राइनोजले यसबारे जानकारी गराएको हो । अफ्नो टिमप्रति दर्शकले देखाउने मायालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको राइनोजले जनाएको छ ।

    राइनोजले आफ्नो खेल भएको दिन चितवन मेडिकल कलेजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म निः शुल्क बस सेवा चलाउने बताएको छ । राइनोजले यसका लागि दैनिक ५ वटा बस व्यवस्था गरेको पनि जनाएको छ ।

    खेलको टिकट खरिद गरेका समर्थकले यो सुविधा उपभोग गर्न पाउनेछन् । टिकटसँगै खाजाको व्यवस्था पनि गरिएको छ । गाडी चितवन मेडिकल कलेजबाट बिहान ३ बजे काठमाडौंका लागि छुट्ने छ ।

    मंसिर १७ गते चितवन राइनोजले आफ्नो पहिलो खेल काठमाडौं गुर्खाजसँग खेल्नेछ । सो खेल दिउँसो सवा १ मा सुरु हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij