एनपीएलको उद्घाटन खेलको भीआईपी र सामान्यतर्फका सबै टिकट ‘सोल्ड आउट’

एनपीएलको उद्घाटन खेलको भीआईपी र सामान्यतर्फका सबै टिकट ‘सोल्ड आउट’

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • एनपीएलको उद्घाटन खेलको भीआईपी र सामान्यतर्फका सबै टिकट ‘सोल्ड आउट’

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् । मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएका हुन् । 

    सोमबार साँझदेखि टिकट बिक्री खुला गरिएकोमा मंगलबार नै सबै टिकट बिक्री भइसकेको एनपीएलले जनाएको छ ।

    क्यानले एनपीएलमा हरेक खेलमा १२ हजार टिकट बेच्न लागेको जानकारी दिएको छ, जसमा भीआईपीतर्फ २ हजार र सामान्यतर्फ १० हजार रहेको छ । 

    क्यानले उद्घाटनको दिनका लागि जनरल टिकटको ३०० र भिआइपी टिकट ७००, लिगका दुवै खेलका लागि जनरल ३०० र भिआइपी ५००, प्लेअफ खेलको दिन जनरल ५०० र भिआइपी ७००, फाइनल खेलको दिन जनरल ५०० र भिआइपी १०० टिकट दर तोकेको छ ।

    साथै क्यानले सिजनल पासमा २० प्रतिशत छुट दिदै जनरलका लागि ४ हजार ४८० र भिआइपीमा ८ हजार २४० तोकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij