महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देद्वारा राजीनामा

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देद्वारा राजीनामा

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देद्वारा राजीनामा

    काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले राजीनामा दिएका छन् । उनले मंगलबार राज्यका गभर्नर सीपी राधाकृष्णनलाई राजीनामा बुझाएका हुन् ।

    यस अवधिमा शिन्देसँगै उपमुख्यमन्त्री अजित पवार र देवेन्द्र फडणवीस पनि उपस्थित थिए । नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण नभएसम्म एकनाथ शिन्दे कार्यवाहक मुख्यमन्त्री रहनेछन् ।

    हालै सम्पन्न चुनावमा वर्तमान गठबन्धनले नै जितेपनि सिन्धेले राजीनामा दिएका हुन् ।

    हालको गठबन्धनमा भाजपा, एकनाथ शिन्देको शिव सेना र अजित पवारको एनसीपीसहितको ‘महायुती’ ले महाराष्ट्र विधानसभा चुनाव जितेको छ । तर यस गठबन्धनबाट को मुख्यमन्त्री बन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

    महाराष्ट्र विधानसभा चुनावमा बीजेपीले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र एनसीपीले ४१ सिट जितेको छ । २८८ सिट रहेको महाराष्ट्रमा यो गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij