माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

    लिस्बन । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै  माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो ।  

    यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे । 

    प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी  सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले  जानकारी दिए । राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij