काठमाडौं । ऋषभ पन्त इन्डियन प्रीमियर लिग (आइपीएल)मा इतिहासकै महंगो खेलाडी बनेका छन् । जारी मेगा अक्सनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको हो ।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो । पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो । जसमा लखनउले २७ करोडको बोली लगाएर बाजी मारेको हो ।
यसअघि रिषभ दिल्ली क्यापिटल्सको कप्तान थिए । उनलाई मेगा अक्सनअघि रिलिज गरिएको थियो