नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरीमा

नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरीमा

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरीमा

    काठमाडौं । भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।

    नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३५.२ ओभरमा अलआउट हुदै १०५ रन बनाएको थियो ।

    यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।

    योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको छ । अब सिरिजको पाँचौं तथा अन्तिम खेल बिहीबार हुनेछ ।

    नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।

    एशिय कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

    त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij