वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

    काठमाडौं ।  पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको जनाइएको छ ।

    हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।

    त्यस क्षेत्रमा केही स्थानमा वायूको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ ।

    त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।  

    छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरूको सूचीमा भारतको नयाँ दिल्ली सबैभन्दा खराब एक्यूआईका साथ शीर्षमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij