एनपीएलको खेल तालिका सार्वजनिक, उद्‍घाटन खेल विराटनगर र जनकपुरबीच हुने

एनपीएलको खेल तालिका सार्वजनिक, उद्‍घाटन खेल विराटनगर र जनकपुरबीच हुने

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • एनपीएलको खेल तालिका सार्वजनिक, उद्‍घाटन खेल विराटनगर र जनकपुरबीच हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ। तालिकाअनुसार उद्‍घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ। 

    यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । सोमबार सार्वजनिक भएको खेल तालिका उद्घाटन र फाइनल बाहेक हरेक दिन दुई खेल हुनेछ। खेलको बीचमा एक दिनको ग्याप राखिएको छ। पहिलो खेल ९ः१५ मा र दोस्रो खेल १ः१५ मा राखिएको छ।

    दोस्रो खेल काठमाडौँ गोर्खा र चितवन राइनोज् र जनकपुर बोल्टस् र कर्नाली याक्सबीच हुनेछ। तेस्रो खेल सुदुरपश्चिम रोयल्स र बिराटनगर किङग्स तथा चितवन राइनोज् र पोखरा एभेन्जर्सबीच हुनेछ।

    चौथो खेल कर्नाली याक्स र काठमाडौं गोर्खा अनि बिराटनगर किङस् र लुम्बिनी लायन्सबीच हुनेछ। पाँचौ खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट तथा काठमाडौं गोर्खा र सुदुरपश्चिमबीच हुनेछ।

    प्लेअफ खेलहरू भने पुस ३ र ४ गते हुनेछ भने फाइनल खेल ६ पुसमा हुनेछ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij