पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'

    काठमाडौं । पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला 'क्लिन स्वीप' गरेको हो ।

    पाकिस्तानले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेट गुमाएर ५२ बलअघि नै भेटायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा नटआउट ६१ रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी, जेहन्दाद खान र अब्बास अफ्रिदीले १/१ विकेट लिए । यो खेलमा जेहन्दादले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।

    यसअघि होबर्टमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान १८ ओभर १ बलमा १ सय १७ रनमा आलआउट भयो । पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका आरोन हार्डीले ३ विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल २९ रन र दोस्रो खेल १३ रनले जितेको थियो ।

    यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भने पाकिस्तानले २–१ ले जितेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij