बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

    काठमाडौैं ।  अमेरिकाले पहिलोपटक रुसमाथि आक्रमण गर्न युक्रेनलाई आक्रमण गर्नका लागि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ । बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार बाइडेन प्रशासनले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको सामरिक मिसाइल प्रणाली प्रयोग गर्न सक्ने बताएको हो ।

    आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

    रसिया–युक्रेन युद्धले भयानक रुप लिने डरले त्यस्ता आक्रमणहरूलाई अनुमति दिन अस्वीकार गरिँदै आएको भएपनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा करिब २ महिनाअघि जो बाइडेनले यस्तो निर्णय लिएका छन् ।

    युक्रेनले एक वर्षभन्दा बढी समयदेखि युक्रेनभित्र रुसी कब्जामा रहेका क्षेत्रहरूमा आर्मी टेक्निकल मिसाइल प्रणाली एटीएसीएमएस प्रयोग गर्दै आएको छ। युक्रेनले क्रिमियन प्रायद्वीपमा हवाइ अड्डालाई र जापोरिझियामा रूसी सैन्य आधारहरूमाथि आक्रमण गर्न एटीएसीएमएस प्रयोग गर्दै आएको छ।

    तर अमेरिकाले अहिलेसम्म युक्रेनलाई रुसभित्र लामो दुरीका मिसाइलहरू प्रयोग गर्न भने अनुमति दिएको थिएन । लकहिड मार्टिन ब्यालिस्टिक मिसाइलहरू युक्रेनलाई प्रदान गरिएको सबैभन्दा शक्तिशाली मिसाइलहरूमध्ये एक हो, जसले ३०० किलोमिटर क्षेत्रसम्म प्रहार गर्न सक्छ ।

    युक्रेनले अब यी क्षेप्यास्त्रहरू रुसी र उत्तर कोरियाली सेनाको आक्रमणबाट बच्‍न प्रयोग गर्न सक्नेछ । कुर्स्कमा रुसले ओगटेको क्षेत्रलाई पुनः कब्जा गर्ने उद्देश्यसहित यो आक्रमण केही दिनभित्रै सुरु हुन सक्छ।

    बाइडेनको कार्यकाल अब करिब दुई महिना बाँकी छ र नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस कुरालाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने प्रश्न उठेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij