नेपाली युवा टोलीले कर्नाटकलाई दियो २ सय ८३ रनको लक्ष्य

नेपाली युवा टोलीले कर्नाटकलाई दियो २ सय ८३ रनको लक्ष्य

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • नेपाली युवा टोलीले कर्नाटकलाई दियो २ सय ८३ रनको लक्ष्य

    काठमाडौं । यू–१९ पुरुष एसिया कप तयारीका लागि भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा आज नेपालले २८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ठूलो स्कोरका लागि नेपालका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका छन् । 

    मुलपानी क्रिकेट मैदानमा आइतबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गर्‍यो । नेपालका लागि रोशन विकले ५७ बलमा नटआउट ८१ रनको योगदान दिँदै बलियो योगफलसम्म पुर्‍याएका हुन् । उनले ६ चौका र ३ छक्का प्रहार गरे। 

    ओपनरद्वय आकाश त्रिपाठी र मयनले संयमित ब्याटिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि मध्यक्रममा रोशन र उत्तमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई ठूलो स्कोरसम्म पुर्‍याए । 

    आकाश र मयनले १३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । आउट हुनुअघि आकाशले २६ रन जोडेका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । त्यसपछि अर्जुन र मयनले ५२ रनको साझेदारी गरे । अर्जुनले २७ रन जोडे ।

    मयनले ९८ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५८ रन जोडे । नरेन भट्टले १४ रन बनाए । रोशन विक र उत्तमले भने आज आक्रामक ब्याटिङ गरे । उचचममले ४४ बलमा ३ चौका र २ छक्कासहित ५२ रन  बनाए । 

    कर्नाटकका लागि स्पिनरद्वय लोहिथ र वासुले २-२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १-१ विकेट हात पारे । ५ खेलको सिरिज १-१ को स्थितिमा रहेको छ । पहिलो खेल कर्नाटकले जित्दा दोस्रो नेपालले जितेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij