१३ वर्षपछि नेपालद्वारा अफगानिस्तान पराजित

१३ वर्षपछि नेपालद्वारा अफगानिस्तान पराजित

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • १३ वर्षपछि नेपालद्वारा अफगानिस्तान पराजित

    काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको छ । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।

    नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।

    डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो ।

    जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे ।

    रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि उनले नेपालका लागि गोल गरेका हुन् ।

    नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो  जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।

    यसअघि नेपाल पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो ।

    नेपला नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij