युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको छ । अजमानस्थित द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली  युएईले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ८३ रन बनाएको हो। 

    यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाइन् ।

    नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

    नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित यूएई अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र १ हार सहित नेपाल दोस्रोमा छ ।

    शीर्ष स्थानमा रहने टोली आगामी यु–१९ महिला विश्वकपका लागि छनोट हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij