यू–१९ महिला विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्दै

यू–१९ महिला विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्दै

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • यू–१९ महिला विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्दै

    काठमाडौं । आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज  कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

    यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

    नेपालले अन्तिम खेल पर्सि बिहीवार यूएईसँग खेल्नेछ । यसअघि  नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।

    सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij