थाइल्यान्डलाई ३३ रनमा अलआउट गर्दै टी-२० विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित

थाइल्यान्डलाई ३३ रनमा अलआउट गर्दै टी-२० विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • थाइल्यान्डलाई ३३ रनमा अलआउट गर्दै टी-२० विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।

    नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् भने रचनाकुमारी चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर १ विकेट लिइन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।

    त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

    थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।

    नेपालले यसअघि भएको पहिलो खेलमा पनि थाइल्याण्डलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराउँदा तेस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij