यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

    काठमाडौं । मङ्सिर १४ देखि २३ गतेसम्म संयुक्त अरव इमिरेट्स (युएई) मा अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् ।

    अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद आले र रञ्जित कुमार छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।  

    ५० ओभरको एसिया कपामा नेपालले समूह ‘बी’को पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । नेपालले दोस्रो खेल मङ्सिर १६ गते बङ्गलादेश र अन्तिम खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

    आठ टोली सहभागि प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल मङ्सिर २३ गते हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij