महिला यु १९ विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई दियो १०३ रनको लक्ष्य

महिला यु १९ विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई दियो १०३ रनको लक्ष्य

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • महिला यु १९ विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई दियो १०३ रनको लक्ष्य

    काठमाडौं । युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

    युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।

    नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडिन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।

    कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।

    नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

    पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij