विश्वकप क्रिकेट लिग-२ : वर्षाका कारण नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

विश्वकप क्रिकेट लिग-२ : वर्षाका कारण नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • विश्वकप क्रिकेट लिग-२ : वर्षाका कारण नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

    काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । आधिहुरी र वर्षाका कारण खेल हुन नसकेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

    नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अब लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij