हङकङ सिक्सेस क्वाटरफाइनल : नेपाल श्रीलंकासँग पराजित

हङकङ सिक्सेस क्वाटरफाइनल : नेपाल श्रीलंकासँग पराजित

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • हङकङ सिक्सेस क्वाटरफाइनल : नेपाल श्रीलंकासँग पराजित

    काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

    आज दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो ।

    नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्दा नेपाल पराजित भयो ।

    नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।

    श्रीलंकाको जितका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुई/दुई विकेट लिए भने धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एक/एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

    श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।

    नेपालका प्रतिश जिसी र नारायण जोशीले एक/एक विकेट लिए ।

    समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij