साफ वुमन च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरी

साफ वुमन च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरी

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • साफ वुमन च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । साफ वुमन च्याम्पियनसिप २०२४ को फाइनलमा अहिले भइरहेको नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

    दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको  सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पायो ।

    गोलपोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो ।

    रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले क्याच गरिन् ।

    नेपालका लागि अमिसाले गोल गर्ने अवसर पाएकी थिइन्, तर फिनिसिङमा चुकिन् । १९ औं मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्किँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

    नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ तथा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij