साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

    काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको हो । 

    साफ वुमन्स च्याम्पियनसिपको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा नेपालले गरेको गोललाई मान्यता नदिएपछि विवाद भएको थियो । 

    आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएका थिए तर भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएन । 

    खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए । भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन् । 

    आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

    यसअघि २०२२ मा काठमाडौं मै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij