साफ माहिला च्याम्पियनसिप : भारतलाई अग्रता, नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

साफ माहिला च्याम्पियनसिप : भारतलाई अग्रता, नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • साफ माहिला च्याम्पियनसिप : भारतलाई अग्रता, नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

    काठमाडौं ।  साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । 

    भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।

    रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।

    दर्शकहरुले रेफ्रीविरुद्ध नाराबाजी गरेका छन्।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij