काठमाडौं । आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्त नेपालले आज अमेरिकाको सामना गर्दैछ। अमेरिकाको ग्राण्ड प्रेरीमा हुने नेपाल र अमेरिकाबीचको खेल राति ९ः १५ बजेबाट सुरु हुनेछ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीममा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन्। यस्तै देव खनाल र सागर ढकाल रिजर्भमा छन्।
यो श्रृङ्खलामा सहभागी ३ वटै राष्ट्रले एकअर्कोसँग २÷२ खेल खेल्नेछन् । लिग –२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो । प्रतियोगिता अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ। जबकी नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।