काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० गोलले अग्रता लिएको छ ।
पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले २ तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक–एक गोल गरिन् ।
खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।
जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । त्यसको दुई मिनेटपटि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् ।
रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो समूह बी बाट भुटान यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपाललाई समूह बी को विजेता बन्न श्रीलंकालाई गोलले हराउनुपर्नेछ ।
६ भन्दा बढी गोल भएको खण्डमा भने नेपाल पाँच गोल अन्तरले जित हात पारे पनि समूह विजेता बन्नेछ । भुटानले तीन खेलबाट ७ अंक जोडेको छ ।
समूह ए बाट डिफेण्डिङ च्याम्पियन बंगलादेश समूह्य विजेता र भारत समूह्य उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् ।